चुनाव जिताउनुस्, मादीमा समान विकास गर्छु: एमाले उम्मेद्वार गुरुङ
कास्की | बैशाख १८, २०७९
पोखरा: नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाएका छन् । मादी ८ मा आइतबार चुनावी सभामा बोल्दै उनले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पारे ।
‘प्रतिपक्षी दलका साथीहरुले मादीको माथिल्लो बेल्टमा गएर महेन्द्र तल्लो बेल्टको मान्छे हो र त्यसलाई भोट दिए विकास तल्लो बेल्टमा गर्छ भनेछन्,’ उनले भने, ‘हामी कुनै वडा केन्द्रीत होइन, १२ वटै वडालाई समान विकास गर्ने गरी अघि बढ्छौँ । सबै वडा बराबर हुन्, हाम्रो आफ्नै हुन् ।’
उनले २०७४ सालमा निर्वाचित पालिका नेतृत्वले गर्न नपाएका काम आफ्नो नेतृत्वले पुरा गर्ने बताए । उनले मत दिनेहरुलाई पछुतो नहुने गरी काम गरेर देखाउने अध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाए ।
उनले आफूले जितेमा युवालाई उद्यमी बनाउने योजना ल्याउने बताए । ‘हाम्रो पार्टीले युवालाई उद्यमशीलतातिर जोड्न चाहन्छ । रोजगारी नपाएका गाउँका दाजुभाइलाई उद्यमी बनाउने योजना ल्याउँछौँ । वृद्धवृद्धा, बालबालिका, एकल महिला, उत्पीडित समुदाय हाम्रा प्राथमिकता हुन्छन्,’ उनले भने ।
कास्कीको मादी गाउँपालिकामा १२ वटा वडा छन् । अध्यक्ष उम्मेद्वार महेन्द्रको घर मादी १० मा पर्छ ।
यसैगरी उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला हिंसाविरुद्ध अभियान चलाउने सुनाईन् । चुनाव जितेमा पाँच वर्षसम्म जनताका समस्या सुनेर समाधान गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङले बताईन् । ‘आमा सक्षम नभएसम्म कुनै घर सक्षम हुँदैन । घरेलु र शारीरिक हिंसामा धेरै महिला पर्नुभएको छ । यो समस्या समाधान गर्न प्राथमिकता दिन्छु,’ उनले भनिन् ।
एमाले मादीले आइतबार मादी ८ को पोसी, पर्गी, रबैडाँडा, नागिधार, पाखुरीबोटलगायत ठाउँमा घरदैलो गरेको थियो । एमालेबाट गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहेका महेन्द्र र कल्पनाले मादी ३, ४, ९ का मतदातालाई भेटिसकेको छन् । सोमबार मादी १२ मा घरदैलो कार्यक्रम र चुनावी सभा गर्ने तयारी छ ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

